• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सेतीमा संगमको शव खोज्दा अर्को शव पनि भेटियो, नदिपुरका उमेशको शव पुष्टि


  • धनकुटा खबर
  • .

पोखराको रामघाटस्थित सेती नदीमा बेवारिसे अवस्थामा भेटिएका युवाको पहिचान खुलेको छ।

तनहूँ घर भएका लामाचौर निवासी संगम मिश्रको खोजीका लागि भन्दै सेती नदीको बाँध खोलेर गरिएको खोजीका क्रममा विहिबार दिउँसो साढे तीन बजेतिर सडेगलेको अवस्थामा रामघाटस्थित सेती नदीको बीचमा रहेको ढुङ्गामा एक पुरूषको शव फेला परेको थियो।

उक्त शव पोखरा महानगरपालिका वडा नं. ३ नदीपुर निवासी ३८ वर्षीय उमेश गुरुङको भएको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

प्रहरीका अनुसार शव सडेगलेको अवस्थामा भए पनि बायाँ पाखुरामा My Life लेखी महिलाको तस्वीरसहितको ट्याटु र नाडीमा LIZA लेखिएको ट्याटुको चिन्ह प्रष्ट देखिइएको थियो। शवको पहिचान नखुले पछि प्रहरीले सार्वजनिक सूचना जारी गरेर सनाखतका लागि आव्हान गरेको थियो। .

शवको फोटो देखेर उनका माइला दाजु दिनेश गुरुङले भाइ भएको भन्दै सनाखत गरिदिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवण कुमार बिकले जानकारी दिए। उमेश गुरूङ गएको मंसीर १७ गतेदेखि हराएको भन्दै आफन्तले प्रहरीलाई जानकारी दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖