• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सडक दुर्घटनामा मामा–भान्जाको मृत्यु


  • धनकुटा खबर
  • .

दाङ, मंसिर ३० । दाङमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका ,१० झारबैराचोक नारायणपुरमा टिपरको टक्करबाट घाइते भएका झिम्रुक गाउँपालिका ,४ प्युठानका १७ वर्ष विशाल जिसी, नौवहिनी गाउँपालिका, ६ लुङग बस्ने वर्ष १८ का सगर केसीको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले जानकारी दिए। मृतक दुबै जना मामा–भान्जा रहेका छन् ।

हिजो साँझ नारायणपुरमा तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख १३०७ नम्बरको टिपरले र विपरीत दिशा बाट आउँदै गरेको रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुईजना घाइते भएका थिए ।

घाइते जिसी र केसीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि लगिएको थियो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरु दुवै जनाको उपचारकै क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖