• Tuesday 6th of October 2026

कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहको निधन


  • धनकुटा खबर
  • .

कुवेत । कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहको निधन भएको छ। कुवेतको आधिकारिक न्यूज च्यानलमा ८६ वर्षको उमेरमा उनको निधन भएको जानकारी दिएको हो ।

यसअघि टिभीमा प्रसारण हुने नियमित कार्यक्रम अचानक बन्द गरी कुरानको श्लोक देखाइएको थियो । कुवेतमा यो सामान्यतया तब मात्र हुन्छ जब शाही परिवारको कोही मर्छ।

आमिर केही दिनदेखि स्वास्थ्य समस्याबाट ग्रसित थिए र गत महिना मात्रै अस्पताल भर्ना भएका थिए । शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहले सेप्टेम्बर २०२० मा कुवेतको अमिरको पद ग्रहण गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖