• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

डडेल्धुराको बागबजारका तीन पसलमा आगलागी


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस १ । डडेल्धुराको अमरगढी नगरपालिका ५ बागबजारस्थित तीन वटा पसलमा आगलागी भएको छ। बागबजारको शुलभ फेन्सी, कैलपाल मेडिकल र शिशिर फेन्सीमा आगलागी भएको हो।

शनिबार राति पौने ९ बजेतिर आगलागी भएको थियो। अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयले करिब एक घन्टा पछि आगो नियन्त्रणमा लिएका थिए।

आगलागीबाट दुइटा फेन्सी पसलमा रहेका कपडाहरू जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। मेडिकलमा रहेका औषधिहरू पनि जलेका छन्। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖