• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना, १८ यात्रु घाइते


  • धनकुटा खबर
  • .

पोखरा । पोखरा जाँदै गरेको यात्रुबहाक बस तनहुँमा दुर्घटना भएको छ। आइतबार बिहान करिब साढे ८ बजे तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ कमलवारीस्थित पृथ्वी राजमार्गमा बस दुर्घटनामा परेको हो।

मुग्लिनबाट पोखरातर्फ गइरहेको ग २ ख १४५९ नम्बरको बसले टिपरलाई ओभरट्याक गर्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

ओभरट्याक गर्ने क्रममा बसको दाहिनेतर्फको टायर सडकबाट तल खसेको थियो। बस दुर्घटनामा १८ जना यात्रु घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖