• Tuesday 6th of October 2026

आँधीले उडाएका ४ महिने शिशु सकुशल भेटिए


  • धनकुटा खबर
  • .

अमेरिकाको टेनेसी राज्यमा आएको भीषण आँधीले उडाए पनि ४ महिनाका बच्चा सकुशल भेटिएका छन्।

ती शिशुका बुवाआमाका अनुसार हावाहुरीले उनको मोबाइल घर तहसनहस पारी झोला उडाएको थियो। तर ‘भगवान्‌को कृपाले बच्चा बाँच्न सफल भयो।

शक्तिशाली आँधीले बच्चालाई उसको झोलासहित उडाएर उखेलिएको रुखमा अड्काएको थियो। जतिबेला ठूलो वर्षासमेत भइरहेको थियो।

ती शिशुका १ वर्षीय दाइ र आमाबुवालाई सामान्य चोट लागे पनि सकुशल रहेको बीबीसीले जनाएको छ।

आँधी थामिएपछि बच्चाकी २२ वर्षीया आमा सिड्नी मुर भारी वर्षाका बीच छोरो खोज्न निस्किन्।

मुरले भनिन्, ‘मलाई डर लागिरहेको थियो– म बच्चालाई जीवित भेट्टाउन सक्दिनँ। तर भगवान्‌को कृपाले हामीले उसलाई सकुशल भेट्टायौँ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖