• Thursday 8th of October 2026

भारतविरूद्ध दक्षिण अफ्रिका ११६ रनमै अलआउट


  • धनकुटा खबर
  • .

भारतसँगको पहिलो एकदिवसीय खेलमा घरेलु टिम दक्षिण अफ्रिका ११६ रनमै अलआउट भएको छ।

जोहानेसवर्गमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका २७.३ ओभरमा अलआउट भएको हो। उसका लागि फेख्लुख्वायोले सबैभन्दा बढी ३३ रन जोडे।

अर्शदीप सिंहको एलबिडब्लूको धरापमा पर्नुअघि उनले ४९ बलमा ३ चौका र २ छक्का हिर्काए।

दक्षिण अफ्रिकाका ओपनर रिजा हेनरिक्ससहित तीन ब्याटर शून्यमा आउट हुँदा ८ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङमा भारतका अर्शदीप सिंहले ५ विकेट लिए। उनले १० ओभरमा ३७ रन खर्चिए। आवेश खानले ४ विकेट लिँदा कुलदिप यादवले १ विकेट हात पार्न सफल भए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖