काठमाडौं – सर्वोच्च अदालतको एउटा निर्णयले अभिनेता पूर्णविक्रम शाह (पल शाह) फेरि जेल जाने सम्भावना बढेको छ । उनी विरुद्धको नाबालिग बलात्कारको मुद्दा दोहोर्याएर सुनुवाइ गर्न अदालतले अनुमति दिएपछि परि जेल जाने सम्भावना बढेको हो ।
मङ्सिर २२ गतेको न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले शाहविरुद्धको मुद्दालाई दोहोर्याएर हेर्ने अनुमति प्रदान गरेको थियो । बलात्कारको मुद्दामा शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्याइ हेर्न पाउँ भन्दै निवेदन दिएको थियो ।
पल शाहलाई सफाइ दिने गरी उच्च अदालत पोखराले २०७९ फागुन ४ मा सुनाएको फैसलामा प्रमाणहरुको समूचित मूल्याङ्कन नगरिएको सर्वोच्चको ठहर छ । नाबालिकाले बयान फेरेको आधारमा उच्च अदालतले शाहलाई सफाई दिएको थियो ।
