• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

चार वर्षको प्रेम, एक रात उसलाई श्रीमतीसँग देखे, उसले ममाथि कार चलायो : प्रिया सिंह


  • धनकुटा खबर
  • .

काठमाडौं । सामाजिक सञ्जालमा प्रिया सिंह एक चर्चित नाम हो । हालै उनले आरोप लगाइन् कि उनका प्रेमीले उनलाई कारले कुचेर बाटोमै मर्नलाई छोडेका थिए । प्रिया सिंहले आफ्नो इन्स्टाग्राम पोस्टमा यो जानकारी दिएकी हुन् ।

इन्स्टाग्राममा प्रिया सिंहका ११ लाखभन्दा बढी फलोअर्स छन् । प्रिया सिंहले समाचार एजेन्सी एएनआईलाईसँग कुरा गर्दै भनिन्, ‘मेरो प्रेमीसँग साढे चार वर्षको सम्बन्ध थियो । हामी दुवै एकअर्कालाई प्रेममा थियौं । उनी विवाहित थिए, मलाई यो कुरा पहिले थाहा थिएन । जब मैले उनकी श्रीमतीको बारेमा थाहा पाएँ । उनी (प्रेमीे)ले भने–मैले डिभोर्स गरिसकेको छु र अब म तिमीसँग मात्रै बस्न चाहन्छु , उसले मसँग बिहे गर्न चाहेको बतायो । लामो समयदेखि म उनीसँग बस्दै आएकी थिए । घटना भएको रात उनी आफ्नी श्रीमतीसँग थिए । म छक्क परें, जब मैले उनीसँग कुरा गर्न खोजेँ तब उनी आक्रामक भए र हामीबीच झगडा भयो ।’

उनले थप्दै भनेकी छिन्, ‘मेरो दाहिने खुट्टाको तीन वटा हड्डी भाँचिएको छ, त्यसमा रड हालिएको छ । मेरो शरीरको काँधदेखि हिप (नितम्ब) सम्म गम्भिर चोट लागेको छ, शरीर चल्न नसक्ने भएको छ । म मेरो शरीर चलाउन असमर्थ छु, म मेरो शरीरलाई कतै सार्न सकिरहेकी छैन् ।’ प्रिया सिंहले थप्दै भनिन्, ‘मैले चार दिनअघि एफआइआर दर्ता गरेकी थिएँ, त्यसयता कुनै कारबाही भएन् । आज जब मैले सामाजिक सञ्जालमा पोस्ट गरें, प्रहरी आयो, वार्ता भएको छ, समर्थन पाइरहेको छु ।’

उता, घटनाबारे जानकारी दिँदै ठाणे प्रहरीका डीसीपी अमरसिंह जाधवले भने, ‘विहान चार बजे होटल कोर्टयार्ड अगाडि पीडित युवतीसँग विश्वजीत गायकवाड, रोमिल पाटिल र सागर शेल्केबीच झगडा भएको थियो, त्यसपछि पीडितलाई अस्पताल भर्ना गरिएको हो । अस्पतालमा प्रहरीले उनको बयान लिइसकेको छ । उनको बयान अनुसार आईपीसीको धारा २७९, ३३८, ५०४ र ३२३ अन्तर्गत मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको छ ।’ प्रिया सिंहकी वकिल दर्शना पवारले यस विषयमा जानकारी गराउँदै भनिन्, ‘प्रिया सिंहलाई निकै गम्भिर चोट लागेको छ । उनीमाथि उनका प्रेमीले गाडी चढाए । उनी आगामी तीन महिनासम्म हिड्न सक्ने अवस्थामा छैनन् ।’

आईपीसीको धारा ३०७, ३५६ अन्तर्गत कारबाही हुनुपर्ने उनको माग छ । यसबारे अनुसन्धान अधिकृतलाई सोधिरहेको भन्दै पवारले थप भनिन्, ‘चार दिन भइसक्यो तर हालसम्म यी दफाहरु अन्तर्गत बयान लिइएको छैन ।यदि त्यसो गरिएन् भने हामी माननीय उच्च अदालतमा पुनरावेदन गर्नेछौं ।’ महाराष्ट्र सरकारका वन तथा संस्कृति राज्यमन्त्री सुधीर मुनगंटीवारले यस विषयमा भनेका छन्, ‘उ कुनै अधिकारीका छोरा वा ठूला नेता हुन सक्छ, उसले हाम्रो संविधानको बलमा बनेको कानूनले दिएको सजाय भोग्नुपर्नेछ । चाहे त्यो जोसुकै होस् । हो, यदि उसले यो पाप गरेको छ भने उसले अवश्य सजाय पाउनेछ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖