• Tuesday 6th of October 2026

‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिम ‘कराँचीको अस्पतालमा भर्ना’


  • धनकुटा खबर
  • .

काठमाडौं । ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिम पाकिस्तानको कराँचीस्थित अस्पतालमा भर्ना भएका छन् । विष सेवनका कारण उनलाई अस्पताल लगिएको अनुमान गरिएको छ । पाकिस्तानले यसको आधिकारिक पुष्टि भने गरेको छैन ।

दाउदलाई अस्पतालभित्र कडा सुरक्षा घेरामा राखिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अस्पतालमा भर्ना हुनुको कारणबारे अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन ।

सन् १९९३ को मुम्बई बम विस्फोटका ‘मास्टरमाइन्ड’ र भारतको ‘मोस्टवान्टेड’ दाउद दशकौँदेखि पाकिस्तानमा रहेको बताइएको छ । उक्त बम विस्फोटमा परी २५० भन्दा बढी मानिस मारिएका थिए । धेरै मानिस घाइते भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖