• Tuesday 6th of October 2026

भारतको दुष्मन ‘अण्डर वर्ल्ड डन’ दाउदको मृत्यु भएको हो ?


  • धनकुटा खबर
  • .

काठमाडौं । अण्डर वर्ल्ड डन दाउद इब्राहिमको मृत्यु भएको समाचार सार्वजनिक भएको छ । दाउदलाई उपचार गर्नका लागि पाकिस्तानको राजधानी कराँचीको एक अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

यद्यपि, कराँचीको अस्पताल वा अन्य कुनै आधिकारिक स्रोतले दाउदको मृत्यु भएको बयान जारी गरेको छैन । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनको शरीरमा विष सेवनको संकेत देखिएको छ ।

दाउदको मृत्युबारे पाकिस्तानले सत्य नबोल्ने जनाइएको छ । दाउदका आफन्तहरूलाई पनि घरमै नजरबन्दमा राखिएको खबर छ । यद्यपि, यो समाचारको पुष्टि हुन बाँकी छ ।

भारतको मोस्ट वान्टेड अपराधीको सूचीमा दाउदको नाम शीर्ष स्थानमा छ । दाउदले भारतमा ठूला आपराधिक घटनाहरू गराएका थिए । भारतले तीन दशकभन्दा बढी समयदेखि दाउदलाई न्यायको कठघरामा ल्याउने र सजाय दिने कोसिस गरिरहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖