• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पूर्वराजाको अभिनन्दनको संयोजक एमालेबाट मेयरको उम्मेदवार बनेका डा बस्याल


  • धनकुटा खबर
  • .

बुटवल । नेकपा एमालेबाट गत स्थानीय तहको निर्वाचनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा मेयरको उम्मेदवार बनेका डा रामप्रसाद बस्याल पूर्व राजा ज्ञानेन्द्र शाहको अभिनन्दन कार्यक्रमको संयोजक बनेका छन् । पूर्व राजा शाहलाई पुस दोस्रो साता भैरहवामा अभिनन्दनका लागि बनाइएको मूल समिति संयोजकको जिम्मेवारी बस्यालले लिएका हुन् ।

शाह भैरहवा आउने हप्ता तोकिए पनि दिन भने अझै सम्म तोकिएको छैन । तर पूर्व राजलाई अभिनन्दन गर्नको लागि बैठक भेला आदि दैनिक जसो भएको संयोजक डा बस्यालले रातोपाटीलाई बताए । उनले भने, ‘मिति यकिन भएको छैन तर उहाँको भ्रमण छिट्टै हुन्छ ।’ त्यसमा मौसम हेरेर निर्णय गर्ने तयारी भएको बताए । भैरहवाको गल्लामण्डीको चौरमा पूर्व राजा शाहलाई अभिनन्दन गर्ने उनले खुलाए ।

बस्याल एमालेका पूर्व लुम्बिनी प्रदेश कमिटीका सल्लाहकार हुन् भने गत स्थानीय तहका निर्वाचनमा सिद्धार्थ नगरमा एमालेबाट नगरप्रमुख उम्मेदवार भए पनि नेपाली कांग्रेसका इस्तियाक अहमद खानसँग पराजित भएका थिए। डा बस्यालले आफूले एमाले नछाडेको र अर्को पार्टीको सदस्यता पनि नलिएको केवल राजाको अभियानमा यहाँ नेतृत्व मात्रै गरेको बताए ।

उनले देशमा धेरै राजाले खाइरहेको बेला एउटा अभिभावकत्व ग्रहण गर्दै राजा आउँछन् भने त्यसलाई मान्नु पर्ने बताए । उनले प्रजातन्त्र भने चाहिने खुलाए । -रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖