• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

नेपाल एअरलाइन्सले लिलामीमा राख्यो पुराना ५ वटा जहाज


  • धनकुटा खबर
  • .

काठमाण्डाै – नेपाल एअरलाइन्सले पुराना ५ वटा जहाज लिलामीमा राखेको छ ।

आज एक सूचना निकालेर नेपाल एअरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलामी बिक्रीमा राखेको जनाएको छ ।

आज गोप्य सिलबन्दी टेन्डर आह्वान भएको छ । यसका लागि आउँदो फेब्रुअरी ४ तारिख अर्थात् माघ २१ गतेसम्म म्याद छ । यी जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् ।

आन्तरिक उडान प्रयोजनका लागि चीनबाट २०७१ सालपछि भित्रिएका यी जहाजबाट निगमले घाटा ब्यहोरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖