• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

माओवादीको विधान सम्मेलन फागुन पहिलो साता हुने


  • धनकुटा खबर
  • .

५ पुस, काठमाडौं । माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने भएको छ।बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बैठकले विधान मस्यौदा समिति गठन गरेको जानकारी पनि दिए ।

उनका अनुसार समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की छन् ।

विधान सम्मेलनअघि केन्द्रीय कमिटी बैठक बस्नेछ र विधान मस्यौदा समितिले तयार पारेको मस्यौदालाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान सम्मेलनमा प्रस्तुत गरिनेछ ।

माओवादी विशेष रूपान्तरण अभियान सफल भएको र भिन्न रूपमा अभियानलाई निरन्तरता दिनुपर्ने निष्कर्ष पनि बैठकले निकालेको उनले बताए ।

‘अभियानको समीक्षा भयो’, सापकोटाले भने, ‘पार्टी चलायमान भयो, गतिशील भयो । केही हदसम्म जनमुखी पनि भयो । यो अभियानलाई भिन्न रूपमा निरन्तरता दिनुपर्छ भन्ने निष्कर्ष निकाल्यौँ ।’जनपरिचालनसहित देशैभरि पालिकास्तरमा १६ पुसमा रूपान्तरण अभियान समापन गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖