• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

किराँतीलाई बर्खास्त गर्न प्रचण्डलाई रविको ध्यानाकर्षण


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न माग गरेका छन् ।मन्त्री किराँतीले साम्प्रदायिक विद्वेष फैलाउने अभिव्यक्ति दिएकाले पदमा बस्न नमिल्ने लामिछानेको भनाइ छ ।

सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै लामिछानेले सामाजिक सद्‌भाव र सहिष्णुता खलबलाउने व्यक्ति मन्त्री पदमा बस्न नमिल्ने बताएका हुन् ।‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्‌भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीत र अत्यन्तै खेदजनक छ,’ लामिछानेले लेखेका छन्, ‘यस्तो गैर–जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्री ज्यू, गम्भीर ध्यानाकर्षण होस् ।’

मन्त्री किराँतीले क्रिश्चियन धर्म मान्दिन भन्नेहरू देशद्रोही भएको टिप्पणी गरेका थिए । सामाजिक सञ्जालमा उनको चर्को विरोध भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖