• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

किराँतीको अभिव्यक्तिको विरोधमा प्रदर्शन हुने


  • धनकुटा खबर
  • .

काठमाडौं । नागरिक उड्डयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीको विवादस्पद अभिव्यक्तिलाई लिएर काठमाडौंमा विरोध प्रदर्शन गरिने भएको छ ।
‘क्रिश्चियन नमान्ने संविधान विरोधी हुन’ भन्ने मन्त्री किराँतीले दिएको अभि व्यक्तिको विरोध गर्दै काठमाडौंमा विरोध प्रदर्शन गर्न लागिएको हो ।

विरोध सभाका एक आयोजक तथा संगत संस्कृतिका संयोजक पुष्पराज पुरूषका अनुसार सो विरोध सभा बिहिबार पशुपति विकास कोषको कार्यालय, गौशाला अगाडी आयोजना हुनेछ । उनका अनुसार पुष ५ गते दिनको ठिक २ बजे देखि सो विरोधसभा सुरू हुनेछ ।

सो बिरोधसभाका लागि नारा पनि तय गरिएको उनले जानकारी दिएका छन । जसअनुसार सो विरोध सभामा ‘सुदन किराँती–राजिनामा दे’, ‘पशुपति विकास कोषमा गैरधार्मिक मान्छेको नियुक्ति बन्द गर– बन्द गर, बन्द गर’, ‘धर्म निरपेक्ष मुर्दावाद– मुर्दावाद मुर्दावाद, ‘सनातन हिन्दु राष्ट्र कायम गर– कायम गर ,कायम गर,’ जस्ता नाराहरू तय गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖