• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

‘मन्त्री किरातीलाई अविलम्ब बर्खास्त गर्नुपर्छ’


  • धनकुटा खबर
  • .

काठमाडौं, ५ पुष । विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीलाई अविलम्ब पदबाट बर्खास्त गर्न माग गरेको छ ।

समितिका अध्यक्ष सागर थापाले आज (बिहीबार) एक विज्ञप्ती जारी गर्दै मन्त्री किरातीको पछिल्लो अभिव्यक्तिलाई लिएर पदबाट बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष माग गरेको हो ।

मन्त्री किरातीले ईसाई धर्मको पृष्ठपोषण गरेको समितिको दाबी छ । समितिले मन्त्री किरातीले मुलुकमा धार्मिक युद्ध गराउने कुचेष्टा राखेको पनि ठहर गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖