• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

४८ वर्ष जेल बसेका व्यक्ति निर्दोष ठहर


  • धनकुटा खबर
  • .

एजेन्सी । अमेरिकाको ओक्लाहोमा राज्यका एक न्यायाधीशले ४८ वर्ष जेलमा रहेका एक व्यक्ति निर्दोष रहेको फैसला सुनाएका छन् ।

अदालतबाट निर्दोष ठहरिने ती व्यक्ति ७० वर्षका ग्लिन सिमोन्स हुन् । ओक्लाहोमा काउन्टी डिस्ट्रिक्ट न्यायाधीश एमी पालुम्बोले उनी निर्दोष रहेको फैसला सुनाएका हुन् ।

ती न्यायाधीशले जुलाईमा सिमोन्सलाई रिहा गर्न आदेश दिएका थिए र उनको मुद्दामा नयाँ सुनुवाइको आदेश पनि दिएका थिए । तर सोमबार, काउन्टी जिल्ला अधिवक्ताले मुद्दामा प्रमाणको कमी रहेको बताए ।

न्यायाधीश पालुम्बोले फैसलामा भनेका छन्, ‘स्पष्ट र विश्वसनीय प्रमाणको आधारमा, अदालतले इ ठहर गर्छ कि ग्लिन सिमन्सलाई जुन अपराधमा दोषी ठहराइयो र जेल सजाय भयो त्यो अपराध उनले गरेकै थिएनन् ।’

ग्लिन सिमोन्सले ४८ वर्ष, एक महिना र १८ दिन जेलमा बिताए । उनी क्यारोलिन सु रोजर्स नामकी महिलाको हत्यामा दोषी ठहर भएका थिए । ओक्लाहोमा शहर नजिकैको रक्सी पसलमा लुटपाट गर्दा उनको हत्या भएको थियो । ग्लिन सिमन्स त्यतिबेला २२ वर्षका थिए ।

क्यारोलिनको हत्या आरोपमा अर्का एक आरोपीलाई सन् १९७५ मा मृत्युदण्डको सजाय सुनाइएको थियो । पछि अमेरिकी सर्वोच्च अदालतले त्यो सजायलाई जन्मकैदमा परिवर्तन गरेको थियो ।

सिमोन्सले ती महिलाको हत्या भएको बेलामा आफू लुइसियानामा रहेको बताएका थिए । सरकारी वकिलहरूले प्रतिरक्षालाई सबै प्रमाण नदिएको पाएपछि जिल्ला अदालतले उनको सजाय खारेज गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖