काठमाडौं—वीर अस्पतालका पूर्व निर्देशक डा. श्रवणकुमार चौधरीको निधन भएको छ ।
बुधबार उपचारका क्रममा ७२ वर्षको उमेरमा डा. चौधरीको निधन भएको हो ।
डा. चौधरी २० भदौं २०६४ देखि १८ पुस २०६५ सम्म वीर अस्पतालका निर्देशक रहेका थिए ।
उनी पूर्व स्वास्थ्य सचिव डा. पुष्पा चौधरीका श्रीमान हुन् ।
