• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा दुई जना पक्राउ


  • धनकुटा खबर
  • .

नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगर-१० घर भई काठमाडौंको बौद्ध बस्ने ३२ वर्षीय बुद्ध लामा र हुम्ला घर भई कपन बस्ने २६ वर्षीय कमलराज हमाल छन्।

बुद्ध एड्भिका टुर्स एण्ड ट्राभल्सका संचालक समेत हुन्।

उनीसहित व्यक्तिहरूले विभिन्न ठाउँमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीहरूलाई विदेश पठाउने गरेको पाइएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖