• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कुवेतबाट फर्किएकी महिलाले वैदेशिक रोजगार विभागमै मेनपावर व्यवसायीलाई कुटिन


  • धनकुटा खबर
  • .

काठमाडौं— वैदेशिक रोजगार विभाग परिसरभित्रै एक मेनपावर व्यवसायीमाथि कुटपिट भएको छ ।

वैदेशिक रोजगारीका लागि कुवेतबाट फर्किएकी एक जना महिलाले मेनपावर व्यवसायीमाथि कुटपिट गरेकी हुन् ।

केपी इन्टरनेसनल ओभरसिजका सञ्चालक निर्मल राय अमात्य माथि कुटपिट भएको हो । घटनाप्रति वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ ।

कुवेतमा आफू ठगिएको भन्दै ती महिलाले वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन् ।सोही उजुरीमा छलफल गर्न विभागले दुवै पक्षलाई बोलाएको थियो । सोही क्रममा मेनपावर व्यवसायी माथि महिलाले कुटपिट गरेकी हुन्

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖