• Monday 5th of October 2026

‘सलार’ का कलाकारले कति लिए पारिश्रमिक?


  • धनकुटा खबर
  • .

यतिबेला चर्चा बटुलिरहेको फिल्म ‘सलार’ प्रदर्शन भइरहेको छ।
फिल्मको मुख्य पात्र हुन् प्रभास। प्रशान्त नीलले निर्देशन गरेको फिल्ममा कुनकुन कलाकारले कति पारिश्रमिक लिए भन्नेबारे दर्शकलाई उत्सुकता छ।

फिल्मको मुख्य पात्र प्रभासले ‘सलार’ का लागि १०० करोड भारू पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमा उल्लेख छ।

यस्तै फिल्मको अभिनेत्री श्रुति हासनले ८ करोड भारू पारिश्रमिक लिएकी थिइन्।

फिल्मको पात्र बनेका पृथ्वीराज सुकुमारनले ६ करोड भारू पारिश्रमिक लिएका छन्। फिल्ममा जगपति बाबूले पनि शानदार भूमिका निभाएका छन्। जगपतिले फिल्मबाट ४ करोड भारू पारिश्रमिक लिएका छन्।

यस्तै फिल्म निर्देशन गरेवापत प्रशान्तले ५० करोड भारू पारिश्रमिक लिएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖