• Tuesday 6th of October 2026

तीन सय भारतीय बोकेको विमान फ्रान्समा अवतरण, मानव तस्करीको आशंका


  • धनकुटा खबर
  • .

काठमाडौं । करिब ३०० भारतीय यात्रु बोकेर निकारागुआ गइरहेको एउटा विमान फ्रान्समा अवतरण भएको छ ।

समाचार एजेन्सी एएफपीले पेरिसका एक अधिकारीलाई उद्धृत गर्दै विमानका यात्रुहरूलाई हिरासतमा लिइएको र उनीहरू ‘मानव तस्करीको शिकार’ हुन सक्ने बताएको छ।

यो विमान संयुक्त अरब इमिरेट्सबाट उडेको थियो र अहिले पनि भात्री विमानस्थलमा छ । इन्धन भर्न यहाँ ल्याएको थियो ।

यो ए३४० विमान रोमानियाली कम्पनी लेजेन्ड एयरलाइन्सले सञ्चालन गरेको जानकारी दिइएको छ ।

एएफपीका अनुसार यस समाचारको जानकार स्रोतका अनुसार यी भारतीय यात्रुहरूको योजना मध्य अमेरिका जाने र अवैध रूपमा अमेरिका वा क्यानडा प्रवेश गर्ने थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖