• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

धाराको टुटी चोरेको आरोपमा एक युवक प्रकाउ


  • धनकुटा खबर
  • .

पोखरामा धाराको टुटी चोरेको आरोपमा एक युवक प्रकाउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा २५ हेम्जा बस्ने २६ वर्षीय सुरज थापा मगर रहेका छन् । उनलाई शंकास्पद अवस्थामा देखेपछि झोला खानतलासी गर्दा धाराको टुटी २८ थान, रेगुलेटर भल्भ ३ थान र टीकाको थाली १ थान फेला परेको प्रहरीले जानकारी दिएको छ ।

ती धाराका सामान हेम्जा स्थित नेवारेखोला तथा झाँक्री स्थान खानेपानी उपभोक्ता समितिको कार्यालयबाट स्थानिय उपभोक्ताहरुलाई वितरण गर्नको लागि स्टोर गरी राखिएको र त्यहीँबाट चोरेको बताइन्छ ।

उपभोक्ता समितिले पुस १ गते खानेपानीको धाराको टुटीहरु थान ६०, रेगुलेटर भल्भ थान १८ चोरी भएको भन्ने बारे प्रहरीलाई सूचना दिएको थियो ।

मगरलाई कास्की जिल्ला अदालतबाट चोरी सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖