• Monday 5th of October 2026

यस वर्षको सबैभन्दा ठुलो ओपनिङ गर्ने फिल्म बन्यो ‘सालार’, डंकीले दुई दिनमा मात्रै ५८ करोड कमायो


  • धनकुटा खबर
  • .

मुम्बई । प्रभास स्टारर फिल्म सालार शुक्रबार रिलिज भएको थियो । पहिलो दिन नै सालारले विश्वव्यापी रूपमा करिब १८० करोड भारतीय रुपैयाँ सङ्कलन गरेको छ। जसमध्ये ९० करोड भारतीय बक्स अफिसको छ ।

यो कमाईसँगै सालार भारतको तेस्रो सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ । यसले केजीएफ–२ को रेकर्ड पनि तोडेको छ । यस मामिलामा चलचित्रभन्दा अगाडि मात्र आरआरआर र बाहुबली–२ छन् । यो फिल्मले प्रशान्त निलका अघिल्ला फिल्मको कीर्तिमान तोडेको छ ।

उता शाहरुख खान स्टारर फिल्म डंकीले २९.२० करोडको ओपनिङ गरेको थियो भने दोस्रो दिन २०.५० करोड कमाएको छ । डंकीले विश्वभर ५८ करोड रुपैयाँ कमाएको छ ।

कलेक्शनको मामिलामा मात्रै होइन, प्रभासको सालारले अग्रिम बुकिङको मामिलामा पनि शाहरुखको डंकीलाई पछाडि छोडेको थियो। सालार यो वर्ष अमेरिकामा सबैभन्दा धेरै अग्रिम बुकिङ भएको भारतीय फिल्म बनेको छ ।

फिल्मले भारतमा एडभान्स बुकिङमार्फत करिब ४९ करोड भारुको ठुलो कलेक्सन गरेको छ । यो कमाईको आँकडा एक दिन अघि बक्स अफिसमा रिलिज भएको शाहरुख स्टारर फिल्म डंकीको ओपनिङ कलेक्शनभन्दा बढी हो ।

व्यापार विज्ञ रमेश बालाले सालारको अत्याधिक क्रेज देखिएको बताए । साउथ स्क्रिनमा तमिल, हिन्दी, तेलुगु, मलयालमजस्ता धेरै भाषामा रिलिज भएको सालार डंकीभन्दा धेरै अगाडि छ । साउथमा प्रभासको क्रेज धेरै छ । उनले भने, ‘साहो, राधे श्याम, आदिपुरुषसँग तुलना गर्ने हो भने यो बाहुबलीपछि प्रभासको उत्कृष्ट फिल्म हो ।’

उनले डंकीले पनि राम्रो गरिरहे पनि सालार जस्तो राम्रो गर्न सकेको छैन। निर्देशक राजकुमार हिरानीको मुन्ना भाइ, पीके जस्ता फिल्मका कारण मानिसले डंकीलाई मन पराउँछन् तर यो राजकुमार हिरानीको उत्कृष्ट फिल्ममध्ये एक नभएको उनको भनाई छ । -दैनिक भास्कर

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖