• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बाघको आक्रमणमा एक बालकको मृत्यु


  • धनकुटा खबर
  • .

बर्दिया — बारबर्दिया नगरपालिका–४ बैरियामा शनिबार बाघको आक्रमणमा एक १२ वर्षीय बालकको मृत्यु भएको छ ।

बैरियास्थित जिरा सामुदायिक वनको छेउबाट हिँडिरहेको अवस्थामा सोही ठाउँका १२ वर्षीय सुनित थारुको मृत्यु भएको डिभिजन वन कार्यालय,बर्दियाका प्रमुख प्रवीण बिडारीले बताए ।

बाघले आक्रमण गरेको स्थानमा सुमित एक्लै हिँडिरहेको स्थानीय फूलपाती थारुले जनाए ।

विगत केही महिना यता बैरिया लगायत आसपासका गाउँमा बाख्रादेखि कुकुर समेत बाघले आक्रमण गरी मार्दै आएको थारुले बताए । बाघको आक्रमणमा सुमितको मृत्यु पछि स्थानीय त्रसित छन् ।-कमल पन्थी/इकान्तिपुर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖