• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

ख्रिष्टमसमा ३ दिन बिदा


  • धनकुटा खबर
  • .

हेटौँडा । ख्रिष्टमसको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिएको छ ।

इसाई धर्मावलम्वीहरुले प्रत्येक वर्ष डिसेम्बर २५ मा मनाउँदै आएको ख्रिष्टमसको अवसरमा यो वर्ष पुस ९, ९ र १० अर्थात् डिसेम्बर २४, २५ र २६ तारिखमा बिदा दिइएको राक्सिराङ गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देश मार्फत गाउँपालिकाले दिएको सार्वजनिक बिदाको जानकारी गराएका हुन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘यस पर्वले बहुभाषिक, बहु धार्मिक, बहु सांस्कृतिक जातीय विविधतायुक्त यस गाउँपालिकाको सम्पूर्ण जनतामा आपसी सद्भाव,सामाजिक एकता एवम् भ्रातृत्व कायम गर्ने अपेक्षा सहित बन्धुत्व प्रेम र समानताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध राक्सिराङ बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछौँ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖