• Monday 5th of October 2026

२५ वर्षपछि सलमान खानले चर्चित निर्देशकसँग हात मिलाए


  • धनकुटा खबर
  • .

एजेन्सी । सलमान खानको फिल्म ‘टाइगर ३’ आशा अनुरुप चर्चित हुन सकेन । १२ दिनपछि पनि फिल्मले बजेटसम्म निकाल्न सकेन ।
अब अभिनेता सलमानले अर्को फिल्म साइन गरेको पुष्टि गरेका छन् । उनी छिट्टै करण जौहरको एउटा फिल्ममा देखिनेछन् ।

भारतीय सञ्चारमाध्यमअनुसार भाईजानले आफै यस विषयमा जानकारी दिएका छन् । उनले ‘द बुल’ नामक फिल्ममा काम गरिरहेको बताएका छन् । उनी २५ वर्षपछि करण जौहरसँग कुनै प्रोजेक्टमा साथमा काम गर्दैछन् ।करण र सलमानले साथमा सन् १९९८ मा फिल्म ‘कुछ कुछ होता है’ मा काम गरेका थिए । रिपोर्टअनुसार सलमानले फिल्ममा एउटा पैरामिलिट्री अफिसरको भूमिका निभाउन सक्ने बताइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖