• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कैलालीमा पहिलोपटक पारलैंगिक जोडीले गरे विवाह दर्ता


  • धनकुटा खबर
  • .

कैलालीमा पहिलोपटक यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको जोडीले विवाह दर्ता गरेका छन्।

कैलारी गाँउपालिका ८ का पारलैंगिक पुरूष (ट्रान्स म्यान) प्रकाश चौधरी र दाङको तुलसीपुर उपमहानगरपालिका १ बस्ने पारलैंगिक महिला (ट्रान्स वुमन) मनिला न्यौपानेले विवाह दर्ता गरेका हुन्।

उनीहरूले शुक्रबार कैलारी गाँउपालिका ८ को वडा कार्यालयमा विवाह दर्ताको प्रमाणपत्र लिएका छन्। उनीहरूले हिन्दुपराम्परा अनुसार ४ वर्षअघि नै विवाह गरेका थिए। कानुनले मान्यता नदिएको कारण उनीहरूको विवाह दर्ता हुन सकेको थिएन। उनीहरू विवाह दर्ता भएपछि खुशी भएका छन्।

योभन्दा अगाडि यस समुदायका लमजुङका माया गुरूङ र नवलपरासीको सुरेन्द्र पाण्डेले विवाह दर्ता गरेका थिए। लमजुङको दोर्दी गाँउपालिकाले गुरुङ र पाण्डेको विवाह दर्ता गरेको थियो। उनीहरूले पनि विवाह गरेको ७ वर्षपछि स्थानिय सरकारले विवाह दर्ता गराएका थिए।

सर्वोच्च अदालतले समुदायका व्यक्तिहरूले अस्थायी रूपमा विवाह दर्ता गर्न पाउने आदेश दिएपछि समुदायका व्यक्तिहरुले विवाह दर्ता गर्ने बाटो खुलेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖