• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

माओवादी अध्यक्ष प्रचण्डका सुरक्षा गार्ड रहिसकेका पूर्व लडाकु कमान्डर ‘जटिल’ले गरे आत्महत्या


  • धनकुटा खबर
  • .

काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्व सुरक्षा गार्डसमेत रहेका जनमुक्ति सेना नेपालका कमान्डर तुलासिंह भुल ‘जटिल’ले आत्महत्या गरेका छन् ।

अछामको पञ्चदेवल विनायक नगरपालिकाको लयाटी स्थायी घर भएका अन्दाजी ४५ वर्षीय जटिल रोजगारीको सिलसिलामा भारतको महाराष्ट्रस्थित उरन शहरमा थिए । पारिवारिक स्रोतका अनुसार जटिलले शनिबार राति आफ्नै कोठामा आत्महत्या गरेका हुन् ।

जनमुक्ति सेना नेपालको सतौँ डिभिजन अन्तरगत लोकेश स्मृति ब्रिगेड अन्तरगतको दुई नम्बर बटालियन सहकमान्डर रहेका जटिल माओवादी १० वर्षे सशस्त्र युद्ध बाट विश्राम लिएर शान्ति प्रक्रियामा आइसकेपछि करिब एक वर्ष प्रचण्डको सुरक्षा गार्ड बसेका थिए ।

शान्ति प्रक्रियापछि जनमुक्ति सेनको उचित व्यवस्थापन नगरेकोमा उनी नेतृत्वप्रति असन्तुष्ट थिए । पारिवारिक स्रोतका अनुसार करिब एक वर्ष अघि जटिलका छोरा कमलको सवारी दुर्घटनामा भारतमा नै मृत्यु भएको थियो । त्यसपछि उनीमा मानसिक स्वास्थ्य समस्या देखिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖