एजेन्सी । अभिनेता अजय देवगन बलिउडका एक सफल अभिनेता मध्य एक पर्छन् । शुरुआती क्रममा अजय देवगनको रुपरंगलाई लिएर प्रसशंकहरुको मनमा कैयौं प्रश्नहरु उठेका पनि थिए ।
फिल्म ‘फूल और काँटे’ का क्रममा कैयौंले फिल्म फ्लप हुने दावा समेत गरेका थिए । अजय देवगनलाई लिएर त्यतिबेला सबैभन्दा फरक विचार बलिउडका महानायक अमिताभ बच्चनको थियो ।
अमिताभ बच्चनले त्यतिबेला अजय देवगनलाई ‘डार्क हर्स’ भनेका थिए । साथमा अमिताभले भविष्यवाणी गरेका थिए कि यो केटाले एकदमै धेरै नाम कमाउनेछ ।
फिल्म ‘फूल और काँटे’ ले रिलीज हुने बित्तिकै बक्स अफिसमा धेरै राम्रो कमाई ग¥यो । उनको त्यो फिल्मले श्रीदेवीको फिल्म ‘लम्हें’ लाई टक्कर दिएको थियो । अजय देवगनले आफ्नो पूरा करिअरमा कैयौं सुपरहिट फिल्म दिएका छन् । उनलाई बलिउडका सिंघम भनेर पनि चिनिन्छ ।
