• Monday 5th of October 2026

सुशान्त सिंह राजपूतको बायोपिक बन्न लागेको हो ?


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । सुशान्त सिंह राजपूत यो संसारमा छैनन् । सन् २०२० को जुन १४ मा उनी यो संसार छाडेर गइसकेका छन् । सुशान्तको निधन भएकै तीन वर्षभन्दा धेरै भइसह्यो । उनको आत्महत्याको खबर धेरैको लागि अप्रत्याशित थियो । प्रशंसकहरूसँगको कुराकानी सुशान्त सधैँ खुसी, विनम्र अनि दयालु देखिन्थे । सुशान्तको बायोपिक बन्ने हल्ला चलिरहँदा उनको नजिकको साथी भनेर दाबी गर्ने सन्दीप सिंहले यसबारे खुलासा गरेका छन्।

सन्दीपलाई सुशान्तको बायोपिक बन्न लागेको हो भनेर सोधिएको प्रश्नमा उनले तुरुन्तै यस्तो जवाफ दिएका थिए, ‘बिलकुल होइन । मलाई लाग्छ कि मान्छेले उसलाई शान्तिसँग बस्न दिनुपर्छ । म उसको जीवनबारे कहिले पनि फिल्म बनाउँदिन । मान्छेहरूले यसको लागि आफूलाई निकै धेरै पैसा दिन्छु भनिरहेका छन् । उनीहरूलाई यो कुराको हेक्कै छैन कि यसबाट उसको परिवार, साथीभाइ र आफन्तमा कस्तो असर पर्छ । मैले उसको अन्तिम संस्कारमा उसका प्रशंसकहरूलाई पनि देखिन ।’

सुशान्त मुम्बईको बान्द्रास्थित आफ्नो फ्ल्याटमा मृत भेटिएका थिए । प्रहरीले यसलाई आत्महत्या मानेको थियो । तर सुशान्तका प्रशंसक र परिवारका सदस्यले भने यो घटनामा सन्देह गर्दै सीबीआईले जाँच गर्नु पर्ने माग गरेका थिए । यो मागलाई केन्द्र सरकारले मन्जुरी दिएको थियो । यस घटनाबारे अहिले पनि सीबीआईले छानबिन गरिरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖