• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

डियर रवि, खोया हान्नेलाई मकै दिनु !


  • धनकुटा खबर
  • .

पोखराको अमरसिंह चौरमा रास्वपाले गत शनिवार आयोजना गरेको कार्यक्रममा सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार भएको घटनाप्रति विभिन्न खाले टिप्पणी आए। कसैले यसलाई निराशाको प्रहार भनेका छन् त कसैले आशाको अपेक्षा भन्दै प्रतिक्रिया दिएका छन्।

हेर्दा त लमजुङका सन्तोष रानाभाटले खोया प्रहार गरेको देखिन्छ। तर, खासमा यो धेरैले उल्लेखगरे जस्तै ‘फ्रस्टेसन’ को प्रहार हो। यो रविमाथि भएको प्रहार नहुन सक्छ। रानाभाटले आफूमाथि परेको चोट रविलाई देखाउन खोजेको पनि हुन सक्छ। अनुसन्धानका क्रममा रानाभाटले आफूले रविलाई ताकेर प्रहार नगरेको प्रारम्भिक बयान पनि दिएका छन्।

रास्वपाकी सांसद डा. तोसिमा कार्कीपनि खोयालाई फ्रस्टेशनको उपमा दिन्छिन्। ‘खोया=फ्रस्टेशन, फूल=आशा, उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘दुबै स्विकार्य छ, अब नेतृत्व परिवर्तन अपरिहार्य छ।’

सभापति रवि लामिछानेपनि खोया प्रहार गर्ने व्यक्तिप्रति आक्रोशित छैनन्। उनले कार्यक्रममा बोल्ने क्रममा प्रहार गर्नेलाई राम्रो काम गरेर आफूप्रति सकारात्मक बनाउने बताए। उनले यो अहिलेको नेतृत्वविरुद्ध जनताको वितृष्णाको उपज भएको टिप्पणी गरेका हुन्। तर, खोयाको विषयमा आएका विभिन्न खोये समाचारले भने उनलाई निराश बनाएको देखिन्छन्। लामिछानेले आफूले नबिराएको दाबी गर्दै आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गरे। ‘हामी आत्तिएका छैनौँ, अघिल्लो सात जन्मको हिसाब निकाले पनि अनियमितता पत्ता लगाउन सक्दैनन्। जति पटक लडिए पनि उडेर हिँड्छु । एक आक्रमण, मुद्दाबाट पछि हट्ने सुविधा मलाई छैन।’

खोया प्रहार गर्ने व्यक्ति र उनको परिवारलाई भेट्न आफू जाने सुनाउँदै उनले थपे, ‘न मुद्दा, न मामिला उहाँलाई बुझाइदिनु होला। माला लगाएर घर छाडिदिनू होला भनेका थिए। उनले प्रहारको बदलामा एउटा फूल रोपेर जाने समेत सुनाएका थिए। उक्त खोयालाई घरमा लगरे सजाउने समेत लामिछानेले बताए। तर, सवाल खोयाको हैन, किसानको हराएको मकैको हो। ‘काम गर्ने कालु मकै खाने भालु’ भनेजस्तै कसले खायो गरिव किसानका मकै। भ्रष्ट राज्यले या नालायक सरकारले? मल र जलको अभावमा वर्षोदेखि निराश किसानलाई कसले सम्बोधन गर्ने हो? खोयाको प्रश्न यो हो। खोयाको अर्थ किसानको निराशाको उपज हो।

यस्तोमा आशाको दियो बोकेर हिडेका हिडेका रविले ती मकै खाने भालुहरुलाई चिनाउन सक्नुपर्छ। तिनलाई तह लगाउन सक्नुपर्छ। त्यसो भयो भने मात्र किसानका डाला मकैले भरिन्छन्। अनि भित्ताको फ्रेममा खोया सजाएर राख्नुको सार्थकता हुन्छ। नत्र दुर्गा प्रसाइले भनेजस्तै कागती र खुर्सानी झुण्डाउनु ठिक हुन्छ। किनकी निराशाका खोयाहरू कहिल्यै सकिन्नन्। मञ्च फेरिन्छन्। पात्र फेरिन्छन्। तर, खोया फाल्ने क्रम कहिल्यै रोकिन्नन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖