• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

उकालो लाग्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?


  • धनकुटा खबर
  • .

काठमाडौं । साताको तेस्रो कारोबार दिन अर्थात मंगलबार सुनको भाउ उकालो लागेको छ । उक्त दिन सुन प्रतितोला ६०० रुपैंयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ र तेजावी १ सुन १९ हजार ९०० रुपैंयामा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन सोमबार सुनको भाउ स्थिर रहँदै छापावाल सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै उक्त दिन चाँदीको भाउ १० रुपैंयाले बढेर प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४७५ रुपैंयामा कारोबार भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖