• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

तीन नेपालीले दक्षिण कोरियामा एकसातामा गुमाए ज्यान


  • धनकुटा खबर
  • .

काठमाडौं । दक्षिण कोरियामा कार्यरत तीनजना नेपालीको मृत्यु भएको छ । एक साताको अवधिमा दुई पुरुष र एक महिलाको मृत्यु भएको हो ।

गत आइतबार कोरियाको गजेदोस्थित एक कम्पनीमा कार्यरत सोलुखुम्बुको नेचासल्यन गाउँपालिका-५ सितादु घरु भएका रञ्जन राईको सुतेकै अवस्थामा मृत्यु भएको छ । सोलुखुम्बु सेवा समाजका पूर्व उपाध्यक्षसमेत रहेका रञ्जन राईको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ ।

यसअघि नुवाकोटको दुप्चेश्वर-२ बोल्गाङ निवासी पासाङ श्याङ्बाको मृत्यु भएको थियो । गत शुक्रबार छुङनाम येसान सीस्थित कम्पनीमा दुर्घटनामा परि उनको मृत्यु भएको बताइएको छ । छनानमा कार्यरत पाँचथरको लिगिम्बाका नरेन्द्र केरुङको पनि सुतेको अवस्थामा मृत्यु भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖