• Monday 5th of October 2026

यी अभिनेताले खोले ३३०० करोडको कम्पनी


  • धनकुटा खबर
  • .

बलिउडका केही कलाकारहरूले फिल्म फ्लप भएपछि अभिनय यात्रा छोडिदिएका छन्।

यस्तै भिडमा सामेल भएका छन् तमिल अभिनेता अरविन्द स्वामी। उनले निर्देशक मणि रत्नमकाे निर्देशनमा बनेको फिल्म ‘थलपति’ बाट अभिनय यात्रा सुरू गरेका थिए। त्यतिबेला उनी २० वर्षका थिए।

फिल्मको यात्रामा उनले सफलता हासिल पनि गरेका थिए। उनले सन् १९९२ देखि १९९५ सम्म फिल्म यात्रामा निकै सफलता हासिल गरे। जसको कारण दर्शकले उनलाई अभिनेता रजनीकान्त र कमल हसनको उत्तराधिकारी मानेका थिए।

यसपछि उनका सबै फिल्म बक्स अफिसमा फ्लप हुँदै गयो। फिल्म नचलेपछि उनी निराश भए। सन् २००० मा उनका फिल्म फ्पल भएको थियो। यसपछि उनले आफ्नो बाबुको व्यवसाय समालेका थिए। केही समयपछि उनले आफ्नै कम्पनी खोले। उनको कम्पनीको नाम ट्यालेन्ट म्याक्सिमम हो।

सन् २०२२ सम्म आइपुग्दा उनको कम्पनीको भ्यालु ३३०० करोड भारू भएको छ।

बिजनेसमा सफलता हासिल गरेपछि उनले सन २०२१ मा अभिनयमा फर्किए। उनले कंगना रनावत अभिनीत फिल्म ‘थलाइवी’ बाट कमब्याक गरेका थिए। फिल्ममा उनले एमजी रमाचन्द्रन पात्रको भूमिका निर्वाह गरेका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖