• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

तेह्रथुममा घरबाट स्कुल हिँडेकी १४ वर्षीया करुणा दुई दिनदेखि सम्पर्कविहीन


  • धनकुटा खबर
  • .

काठमाडौँ । तेह्रथुममा घरबाट स्कुल हिँडेकी १४ वर्षीया बालिका सम्पर्कविहीन भएकी छन् । जिल्लाको फेदाप गाउँपालिका ३ बस्ने कक्षा १० मा अध्ययनरत १४ वर्षीया करुणा ठटाल दुई दिनदेखि सम्पर्कविहीन भएकी हुन् ।

बालिकाका बुबा बेनकुमार ठटालकाअनुसार करुणा पुस ९ गते बिहानैदेखि घरबाट विद्यालय जाँदै गर्दा हराएकी थिइन् । करुणा परीक्षा दिन बिहान स्कुल गएपनि घर नफर्केको उनले बताए । पुस ९ गते जिल्ला प्रहरी कार्यालय तेह्रथुममा औपचारिक उजुरीसमेत दिइएको छ ।

उनले रातो कुर्ता सुरुवाल लगाएकी छन् भने कालो झोला बोकेकी थिइन् । करुणाको अवस्था बारे जानकारी भएमा बेनकुमार ठटालको फोन नम्बर ९८४२३१३३२०६ वा भीम दमाईको नम्बर ९८४२७७४२४३ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।

करुणा ठटालको खोजीमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमलगायत स्थानीय निकाय सक्रिय छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖