• Monday 5th of October 2026

सलमान खानको पहिलो प्रेमिका, जसका बारेमा कमैलाई थाहा छ


  • धनकुटा खबर
  • .

मुम्बई। सलमान खान आफ्ना फिल्मका लागि जति हिट भएका छन्, उनी आफ्नो प्रेम सम्बन्धका कारण पनि उत्तिकै चर्चित छन्।

सलमान खानको जीवनमा धेरै प्रेमिका आए र गए। कतिपयको त यो कुरा बिहेसम्म पनि पुगेको बताइएको छ। विवाहको कार्ड पनि छापिएको थियो तर सलमान खानको विवाह महोत्सबको आयोजना हुन सकेन। संगीता बिजलानी, सोमी अली, ऐश्वर्या र्राय जस्ता नामहरू सबैलाई थाहा छ।

आज उनको ५८ औं जन्मदिन हो। यो जन्मदिनमा आज तपाईंलाई उनको पहिलो ‘गर्ल फ्रेन्ड’ को कथा सुनाउँछौं, जससँग झन्डै झन्डै बिबाह भई नै सकेको थियो।

तर कमैलाई थाहा छ कि सलमान खान एक सुन्दर महिलाको प्रेममा यति पागल थिए कि उनी सडकमा उभिएर घण्टौंसम्म उनको प्रतीक्षा गर्थे। उक्त सुन्दरीसँग विवाहको कुरा पनि पुष्टि भएको थियो । यदि सबै कुरा ठीक भएको भए सलमान खानको सम्बन्ध अशोक कुमारसँग जोडिन्थ्यो।

तर, अर्की अभिनेत्रीको प्रवेशसँगै कथामा ट्विस्ट आयो।

यो घटना सलमान खानको कलेज स्टोरीमा पनि समावेश छ। उनी आफ्नो कलेजकी छात्रा शाहिन जाफरीसँग गहिरो प्रेममा थिए। भनिन्छ, सलमान खानले शाहिन जाफरीसँग आफ्नै घरमा विवाह गर्ने इच्छा व्यक्त गरेका थिए र उनले अनुमोदन पनि पाएका थिए। सलमान खान शाहिन जाफरीलाई यति धेरै माया गर्थे कि उनी एक ठाउँमा उभिएर उनलाई भेट्न घण्टौं कुर्दथे।

शाहिन जाफरी बलिउडका चर्चित स्टार अशोक कुमारकी छोरी हुन्। जब उनी १९ वर्षकी थिइन्, सलमान खानले उनलाई आफ्नो मुटु दिएका थिए । सलमान खान र शाहिन जाफरीको विवाह हुन्थ्यो तर एक अभिनेत्रीको प्रवेशले उनीहरुको जीवनमा ठूलो ट्विस्ट ल्यायो।

यो अभिनेत्री संगीता बिजलानी थिइन्, जसले त्यतिबेला ब्यूटी क्राउन जितेकी थिइन् र सलमान खान र शाहिन जाफरी पनि त्यही जिममा जान्थे। भनिन्छ, सलमान खान र संगीता बिजलानीको निकटता बढ्न थाल्यो र उनले शाहीन जाफरीसँग ब्रेकअप भयो, बिबाहको स्टोरी नै समाप्त भयो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖