• Monday 5th of October 2026

कोरोनाबाट भारतीय अभिनेता तथा राजनेता विजयकान्तको निधन


  • धनकुटा खबर
  • .

हैदाराबाद । अभिनेताबाट राजनीतिज्ञ बनेका विजयकान्तको बिहीबार निधन भएको छ । उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि सास फेर्न गाह्रो भएपछि उनलाई चेन्नईको एक निजी अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो ।

डीएमडीके पार्टीका संस्थापक विजयकान्त (७१) चेन्नईको एमआईओटी अस्पतालमा भर्ना भएको बताइएको छ । यही उनले अन्तिम सास फेरे । उनको मृत्युपछि अस्पताल बाहिर सुरक्षा व्यवस्था बढाइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

१९७९ देखी दक्षिण भारतीय फिल्म क्षेत्रमा सक्रिय बिजयकान्तले ५० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । दक्षिण भारतीय सिनेममा ८०–९० को दशकमा उनले दर्जनौं हिट फिल्म दिएका थिए, जसमध्ये निरुत्तम, शक्तिमानजस्ता फिल्महरुलाई स्मरण गरिन्छ । अभिनेता विजयकान्तले २००५ मा देसिया मुरपोक्कु द्रविड कझगम पार्टी गठन गरेका थिए । डीएमडीके २०११ देखि २०१६ सम्म तमिलनाडुमा मुख्य विपक्षी दल थियो र विजयकान्त विधानसभामा विपक्षी नेता थिए।

सन २००५ मा विजयकान्तको पार्टी डीएमडीकेले तमिलनाडुका सबै २३४ सीटहरूमा चुनाव लडेको थियो। तर विजयकान्त एक्लै चुनाव जित्न सफल भए। बाँकी सबै सिटमा उनको पार्टीका उम्मेदवारले पराजय भोग्नुपरेको थियो । तर, उनको पार्टीले यस निर्वाचनमा ८.३८ प्रतिशत मत पाएको थियो । सन २०११ मा, विजयकान्तको पार्टीले ४१ सीटमा चुनाव लडे र २९ सिट जित्यो। यस चुनावमा जयललिताको पार्टी एआईएडीएमकेपछि विजयकान्त विपक्षी नेता बने पछि डीएमडीके दोस्रो पार्टीको रूपमा उभिएको थियो। तर, त्यसपछि उनको पार्टीले २०१६ र २०२१ को विधानसभा चुनावमा एउटा सिट पनि जित्न सकेन ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖