• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

गौशालाबाट अपहरणमा परेकी दुई वर्षीया बालिकाको भक्तपुरबाट उद्धार


  • धनकुटा खबर
  • .

काठमाडौँ : काठमाडौँको गौशालाबाट अपहरणमा परेकी दुई वर्षीया बालिकाको उद्धार गरिएको छ । काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट मंगलबार साँझ ती बालिका हराएकी थिइन् ।

उनलाई भक्तपुरस्थित सूर्यविनायक नगरपालिकास्थित दधिकोटबाटबाट अपहरण मुक्त गरिएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले बताए । अपहरणमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बालिकाका अभिभावक पशुपतिनाथ मन्दिरको गेटमा चिया पसल चलाउँछन् । पीडित परिवारले चिया खान आएकाहरूले जबरजस्ती बालिका बोकेर लगेको प्रहरीलाई बताएका छन् । घटनाबारे जिल्ला प्रहरी परिसर काठडमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖