• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

यिनै रहेछन् श्रीमती रेखाको घाँटी थिचेर हत्या गर्ने घर्ती


  • धनकुटा खबर
  • .

पोखरा। श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

आफ्नै श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा प्रहरीले म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका -७ ताकम घर भइ हाल पोखरा -२९ बस्दै आएका ३६ वर्षीय रत्न बहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको हो।

कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकका अनुसार बिहीबार दिउँसो अन्दाजी १:४० बजेको समयमा पोखरा महानगरपालिका -२९ नौविसेचोक स्थित विश्वराज पौडेलको तोरी बारीको कान्लामा आफ्नै श्रीमती २८ वर्षीया रेखा घर्तीलाई घाँटी थिचेर हत्या गरेको भन्ने स्थानीयको सूचना पश्चात ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीको टोलीले श्रीमान रत्नलाई पक्राउ गरेको हो।

हत्याको कारणबारे प्रहरीले केही बताइसकेको छैन। उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता विकले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖