• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

प्रेमीसँग भाग्न लागेको देखेपछि तोरी बारीमा श्रीमतीको हत्या


  • धनकुटा खबर
  • .

कास्कीमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले बिहीबार दिउँसो २ बजे पोखरा महानगरपालिका-२९ नौबिसे बस्ने एक पुरूषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी मोहनकुमार थापाले जानकारी दिए।

पक्राउ पर्नेमा म्याग्दी धौलागिरी गाउँपालिका-७ ताकम घर भएका ३६ वर्षीय रत्नबहादुर घर्ती छन्। उनले आफ्नी २८ वर्षीया श्रीमती रेखा घर्तीको घाँटीमा तुनाले कसेर हत्या गरेको आरोप छ।

एसपी थापाका अनुसार रेखा रत्नबहादुरकी कान्छी श्रीमती हुन्। उनीहरूका दुई जना बच्चा पनि छन् ।

पछिल्लो समय श्रीमान-श्रीमतीबीचको सम्बन्ध बिग्रिँदै गएको प्रहरीले जनाएको छ।

यसरी सम्बन्ध बिग्रिँदै गएपछि रेखाको अर्कै पुरूषसँग प्रेम भएको थियो।

अर्कै पुरूषसँग प्रेममा रहेकी रेखा बिहीबार दिउँसो भने प्रेमीसँग भाग्न लागेकी थिइन्।

‘हिजो महिला आफ्ना प्रेमीसँग भाग्न लागेकी थिइन्। भाग्न लागेको देखेपछि श्रीमान रत्नबहादुरले देखेछन्,’ एसपी थापाले भने।

त्यसपछि रत्नबहादुरले रेखा र उनका प्रेमीलाई लखेटेका थिए।
लखेटेर नौबिसेको तोरी बारीमा पुगेपछि रत्नबहादुरले रेखालाई भेट्टाएको प्रहरीले जनाएको छ।

रत्नबहादुरले जुत्ताको तुना निकालेर रेखाको घाँटीमा कसेर हत्या गरेको एसपी थापाले बताए। उनका प्रेमी भने भाग्न सफल भएका थिए।
‘हत्या हुँदा धेरै बेर पनि लागेनछ। घटनाका प्रत्यक्षदर्शीहरू पनि धेरै छन्,’ एसपी थापाले भने, ‘प्रेमीलाई भेटाउन पाएनन्। घटना छोटो समयमा नै भएकाले स्थानीयले पनि बचाउन सकेनन्।’

यस्तै, घटना भएको केहीबेरमा प्रहरीलाई खबर भएको थियो। इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरीको टोली खटिएको थियो।
उक्त टोलीले घटनास्थल नजिकैबाट रत्नबहादुरलाई पक्राउ गरेको थियो। उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖