काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सकिएपश्चात आजै फैसला हुने लगभग निश्चित भएको छ ।
न्यायधीस शिशिरराज ढकाल फैसलाको तयारीमा जुटेका छन् ।
दुवैपक्षको बहस र त्यसपछि फेरि वादी पक्षबाट जवाफी बहस सकिएपछि फैसलाको तयारी भएको हो ।
जवाफी बहसपश्चात न्यायधीसले जाहेरीकर्ता गौशाला २६ लाई आफ्नो भनाइ राख्न समय दिएका थिए ।
