• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

दुर्घटनामा परी सोलुखुम्बुका ५७ वर्षीय शेर्पाको अमेरिकामा मृत्यु


  • धनकुटा खबर
  • .

अमेरिकाको न्युयोर्कमा दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ ।

‘गार्मा श्यार्वी छोक्पा यूएसए’का अनुसार यही पुस १२ (डिसेम्बर २८) का दिन न्युयोर्कमा काम गरिरहेका बेला दुर्घटनामा परी नेपाल ठेगाना सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–७, गार्मा लप्चे भएका ५७ वर्षीय मिङ्‌मार लामा शेर्पाको निधन भएको हो ।

‘गार्मा श्यार्वी छोक्पा यूएसए’ले उनको मृत्युको पुष्टि गर्दै श्रद्धाञ्जली दिए पनि कस्तो दुर्घटनामा परेको भन्ने खुलाएको छैन ।

एक स्थानीय अनलाइनले भने न्युयोर्कस्थित १७ तले भवनबाट खसेर मिङ्‌मारको मृत्यु भएको लेखेको छ । तर यसबारे थप विवरण प्राप्त भइनसकेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖