• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नदी दोहन गरेको आरोपमा वडाध्यक्ष पक्राउ


  • धनकुटा खबर
  • .

सिरहा । सिरहा चुरे र वन क्षेत्रबाट अवैध उत्खनन रोक्ने अभियानमा उत्रिएको डिभिजन वन कार्यालय लहानले कमला नदीको वन र चुरे संरक्षित क्षेत्रमा उत्खनन गर्न ठेकेदारलाई गैर कानुनी रूपमा सिफारिस दिएको अभियोगमा कर्जन्हा नगरपालिका वडा नं. १ का वडाध्यक्ष फणीन्द्र प्रसाद पोखरेललाई पक्राउ गरिएको हो । वडाध्यक्ष पोखरेल अहिले डिभिजन वन कार्यालय लहानको हिरासतमा छन् ।

डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार कमला नदीको बल्टिया क्षेत्रमा संरक्षित चुरे र वन क्षेत्रबाट उत्खनन गर्ने कमलेस्वरी कमला क्रसर उद्योगका सञ्चालक मोहमद खलिल राइन, स्काभेटरसहित चालक प्रदीप कुमार दर्लामी र स्थानीय ठेकेदार नीरज बस्नेतलाई गत पुस ७ गते नै पक्राउ गरिएको थियो ।

ठेकेदारलाई वन क्षेत्रभित्रबाट उत्खनन गर्ने गराउने गरी गैर कानुनी रूपमा सिफारिस दिएको प्रमाण फेला परेपछि डिभिजन वन कार्यालय लहानले वडाध्यक्ष पोखरेललाई पनि नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय लहानका प्रमुख सुजित कुमार झाले जनाएको छ । पक्राउ गरिएका व्यक्तिहरू उपर चुरे संरक्षित क्षेत्र तथा वन क्षेत्रमा अवैध उत्खनन गरेको कसुरमा मुद्दा चलाइन डिभिजन प्रमुख झाले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖