• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पिकनिकमा गएकी शिक्षिकाले विद्यार्थीसँग रोमान्स गरेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं: भारतको कर्नाटकस्थित गुरुगामल्ला गाउँको एक सरकारी विद्यालयकी महिला प्रधानाध्यापकलाई यतिबेला ‘मर्नु न बाँच्नु’ भएको छ। आफ्नै पुरुष विद्यार्थीसँग रोमान्टिक पोजमा खिचेका तस्वीरहरु भाइरल भएपछि उनलाई तनाव भएको हो।

कक्षा १० का विद्यार्थीसहित ती प्रधानाध्यापिका शैक्षिक भ्रमणमा गएकी थिइन्। त्यही अवसर पारेर उनले नाबालक विद्यार्थीसँग रोमान्टिक तस्वीरहरु खिचाएकी थिइन्।

भाइरल भएको तस्वीरमध्ये एउटामा विद्यार्थीले प्रधानाध्यापिकाको साडी तानेका छन् भने अर्कोमा गालामा चुम्बन गरेको देखिन्छ। त्यस्तै, अर्को तस्वीरमा विद्यार्थीले उनलाई आफ्नो अंगालोमा उचालेका छन्।

साडीमा सजिएकी ‘गुरुआमा’सँग रोमान्स गर्ने ती विद्यार्थीले भने जिन्सको पाइन्ट र कुर्ता लगाएका छन्। यी तस्वीरहरु भाइरल भएसँगै विद्यार्थीका अभिभावकहरुले आक्रोश पोख्दै प्रधानाध्यापिकालाई कारवाहीको माग गरेका छन्।

शिक्षिकाले नाबालक विद्यार्थीसँग यस्ता अनैतिक हर्कत गर्नु लज्जास्पद घटना भएको अभिभावकहरुको बुझाइ छ। विद्यालयको व्यवस्थापन समितिले भने घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖