• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बस दुर्घटना, २० जना घाइते


  • धनकुटा खबर
  • .

बुटवल । दाङमा आज बिहान बस दुर्घटना भएको छ । बर्दियाबाट दाङको चखौरा भ्रमणमा जान थालेको भे १ ख २०४१ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका–१३ भञ्ज्याङ नजिक ब्रेक फेल भएर दुर्घटना हुँदा २० जना भन्दा बढी यात्रु घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुरप्रसाद पोख्रेलले घाइतेहरू खतरामुक्त रहेको र उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

बर्दियाको बढौयाताल गाउँपालिका–६ को कृषक समूहका सदस्य दाङ भ्रमणमा आउन थालेका थिए । बसमा ४०–४५ जना सवार रहेका थिए । केही घाइतेहरूलाई उपचारको लागि बाँके जिल्लामा लगिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖