• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

वनभोजका लागि विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २० जना घाइते, २ को अवस्था गम्भीर


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस १५ । बर्दियाबाट वनभोजका लागि दाङ आईरहेको यात्रुबाहक बस दुर्घटना हुँदा करिब २० जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।

भे १ ख २०४१ नम्बरको बस अमेलिया–तुलसिपुर सडकखण्डको दमारगाउँमा आज बिहान ७ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीका अनुसार बसमा करिब ३०र३५ जना यात्रु सवार रहेको घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

घाइतेहरू बर्दियाबाट बस रिजर्ब गरेर दाङको दंगीशरण गाउँपालिका–३ मा रहेको थारु संग्रालयको चखौरामा वनभोजका लागि आएका थिए। दुर्घटनाबारे विस्तृत विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖