• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौंमा एक पुरूषको अपहरण, चार जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौंमा एक जना पुरूषको अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

अपहरण गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चार जनालाई पक्राउ गरेको हो।

मंसिर १० गते दिउँसो ३ बजे काठमाडौं महानगरपालिका-८ चाबहिलबाट हिस्सीथाया तामाङको अपहरण भएको प्रहरीले जनाएको छ।

उनको अपहरणमा संलग्न चार जनालाई प्रहरीले शनिबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौंको बसपार्क बस्ने ४२ वर्षीय तेजमान तामाङ, शंखरापुरको थली बस्ने ३२ वर्षीय कर्मा छेवाङ थिङ, माकलवारी बस्ने २६ वर्षीय सौगात तामाङ र थली बस्ने ३८ वर्षीय सम्राट भन्ने विरे तामाङ छन्।

प्रहरीका अनुसार हिस्सीथाया तामाङलाई उनीहरूले जबरजस्ती बल प्रयोग गरी ट्याक्सीमा हालेर नजिकैको एक जंगलमा लगेका थिए। त्यसपछि राति उनलाई गागलफेदीस्थित एक होटलमा राखिएको थियो।

भोलिपल्ट तामाङको खाताबाट १३ लाख ५० हजार रुपैयाँ झिकेपछि छाडिएको प्रहरीले जनाएको छ।

अपहरण भएपछि पीडित हिस्सीथाया तामाङ प्रहरी परिसरमा पुगेका थिए। त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖