• Monday 5th of October 2026

जाडोमा नवजात शिशुलाई कसरी न्यानो राख्ने ?


  • धनकुटा खबर
  • .

जाडोयाममा सबैभन्दा धेरै जोखिमयुक्त उमेर समूह भनेको नवजात शिशु हुन्। हुन त जाडोले सबैलाई समस्या गराउन सक्छ। तर, नवजात शिशुहरूमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता निकै कमजोर हुने भएकाले यो समूह बढी जोखिममा पर्ने गर्छ।

जाडोयाम यतिबेला चलिरहेको छ। यो समय नवजात शिशुहरूको विशेष ख्याल राख्नुपर्ने दायित्व आमाबुबा र घरका अन्य सदस्यहरूको पनि हो। बच्चा जन्मेदेखि नै उनीहरूको स्वास्थ्यलाई संवेदनशिल मान्दै रेखदेख गर्नुपर्ने हुन्छ।

नवजात शिशु तथा बालरोग विशेषज्ञ डा.लव कुमार साहका जाडोयाममा नवजात शिशुहरूलाई न्यानो राख्ने यी हुन् १० उपायः

१. न्यानो सुत्केरी कोठाः यसका लागि कोठाको न्यूनतम तापक्रम कम्तिमा २५ डिग्री सेल्यिस हुनैपर्छ।

२. नवजात शिशुको पुर्नउत्थान गर्नका लागि सुत्केरी कोठालाई न्यानो बनाएर राख्ने।

३. तत्काल सुक्खा बनाउनेः बच्चा जन्मने बित्तिकै उसलाई सुकाउनु पर्छ। त्यसका लागि चाँडै गिलो सोस्ने सफा मुलायम कपडाको प्रयोग गर्ने।

४. बच्चालाई आमाको छालासँग (शरीर) को सम्पर्कमा कम्तिमा ६० देखि ९० मिनट राखिरहनुपर्छ।

५. स्तनपानका तरिकाहरूलाई ध्यानमा राखी सुरुवाती क्रममै स्तनपान गराउने।

६. तत्कालै बच्चाको तौल लिने र नुहाउने काम गर्नु हुँदैन।

७. न्यानो लुगा लगाउने।

८. आमा र बच्चालाई नछुटाइकन सँधै सँगै राख्ने।

९. यात्रा गर्दा न्यानो सवारीसाधनको प्रयोग गर्ने। जहाँ भित्रि र बाहिरी स्वास्थ्य सेवा उपलब्ध होस्।

१०. स्वास्थ्य सेवा प्रदायक संस्थामा कार्यरत कर्मचारीलाई नियमित तालिम दिने र चेतना अभिवृद्धि गर्ने।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖